१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ऊर्जामन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नागरिकताबाट चीन प्रवेशको वातावरण मिलाई दिन राजदूतसँग आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।

भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकार मुलुकका दुई ठूला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताए ।

भेटका क्रममा ऊर्जामन्त्री खड्काले कोरोना महामारीका समयमा बन्द रहेका चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउन गरेको सहयोगप्रति धन्यवाद दिए । “म पनि चीनसँग सीमानाका जोडिएको जिल्लाको निर्वाचित सांसद हुँ, चीनसँग जोडिएको नेपालका सीमानाकाका जनताको जीवनस्तर सहजीकरणका लागि नागरिकताबाट चीन प्रवेशको वातावरण मिलाई दिनुहुनेछ भन्ने आशा मैले लिएको छु,” उनले भने ।

चीनसँग नेपालले ऋण नभई अनुदान सहयोग चाहेको मन्त्री खड्काको भनाइ छ । ऊर्जामन्त्री खड्काले चीनले सामाजिक, आर्थिक र प्रविधिको विकासमा ठूलो फड्को मारेकाले यसको अनुसरण नेपालले समेत गर्न चाहेको उल्लेख गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ४८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा