२ पुस २०८२, बुधबार | December 18, 2025

अघिल्लो सरकारले फिर्ता बोलाइएका ११ सहित १८ देशमा राजदूत सिफारिस

चीनमा ओली भारतमा डा. शर्मा सिफारिस



काठमाडौँ । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि २४ जेठको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । यीसहित खाली भएका देशमा राजदूत नियुक्ति सिफारिस भएको हो ।

सरकारले अघिल्लो सरकारले फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको संघीय सरकारका एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका, पूर्वसचिव चन्द्र घिमिरे बेलायत, कृष्णप्रसाद ओली चीन, पूर्वसांसद शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, डा। नेत्र तिमल्सिना मलेसियाका लागि राजदूत सिफारिस भएका छन् । यद्देपी सरकारको तर्फबाट यो समाचार तयार पार्दासम्म आधिकारिक पुष्टी भने गरेको छैन।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : २९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल