१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

‘रावायण’ को टिजर सार्वजनिक, एक्शन अवतारमा पल



काठमाडौं । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को टिजर सार्वजनिक गरिएको छ ।

संवादविहीन टिजर एक्शनले भरिएको छ । दोहोरो भूमिकामा रहेका पल शाह एक्सन फिल्ममा एक्शन अवतारमा रहेको टिजरबाट बुझ्न सकिन्छ । पल एउटा भूमिकामा लामो दाह्री-जुँगा र कपालमा देखिएका छन् भने अर्को भूमिकामा ‘क्लिनसेभ’ मा देखिएका छन् । फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल नकारात्मक भूमिकामा रहेका छन् ।

त्यस्तै फिल्ममा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा रहेकी छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र नीकिता चाण्डकलाई पनि टिजरमा देख्न सकिन्छ ।

त्यस्तै फिल्ममा कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, रोजिता पराजुली लगायतको पनि अभिनय रहेको छ । त्यस्तै फिल्म ‘रावायण’मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी एवं श्री श्रेष्ठको द्वन्द्व छ । फिल्म आगामी भदौ २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : २४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले