११ माघ २०८२, आइतबार | January 25, 2026

भैरहवाबाट ८ ग्राम लागु औषध खैरो हिरोइनसहित १ जना पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट लागु औषध खैरो हिरोइनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १० बाट ८ ग्राम खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही मायादेवीगाउँपालिका वडा नं. ६ बेथरीका २० वर्षिय अभिषेक सोरहिया मल्लाह रहेका छन् । प्रहरीका अनुसार लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध खैरो हिरोइन बरामद गरेको हो ।

पक्राउ परेका मल्लाहको सम्बन्धमा जिल्ला अदालतबाट थप अनुसन्धान कार्यको लागि ७ दिन म्याद थप गराई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : २७ बजे

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको

अण्डाको माग र मूल्य बढ्यो

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको