५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लागुऔषधसहित चार जना पक्राउ



काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय दीपक श्रेष्ठ र बझाङको खप्तडछान्ना गाउँपालिका–१ का ३५ वर्षीय सागर जेठारालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरुका साथबाट १३६ ग्राम खैरो हेरोइन र नगद रु एक लाख बरामद भएको छ । सागरका साथबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल दुई हजार ४९० ट्याब्लेट, टापेन्टाडोल सात हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम एक हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट बरामद भएको छ ।

मोरङको रङ्गेली नगरपालिका–७ बाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरु चारै जना बुधबार पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १२ : १७ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने