२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेविसङ्घद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य माग



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ ।

नेविसङ्घले काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज गर्न माग गरेको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका विकृति अन्त्य र शैक्षिक सुधारको माग गर्दै शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको जनाउँदै त्यस क्रममा नौ नेता एवं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसङ्घले जनाएको छ ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग गर्नेक्रममा वीरगञ्जमा एक कार्यकर्ता पक्राउ परेको उनले बताए ।

नेविसंघले त्रिविविमा विकृति, विसङ्गति र राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने, पोखरा विश्वविद्यालय र अन्य विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्नुपर्नेसमेत माग गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ३३ बजे

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई