३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

आफ्ना नागरिकलाई लेबनान छोड्न फ्रान्सको आग्रह



पेरिस । इजरायल र हिजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।

“लेबनान भ्रमण गर्ने र त्यहाँ रहेका फ्रान्सेली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति ध्यानाकर्षित गराउन चाहन्छौँ र उनीहरूलाई तत्काल लेबनान छोड्न र आफ्नो देश फर्कन आग्रह गर्दछौँ,” लेबनानका लागि यात्रा सुचनामा फ्रान्सेली विदेश मन्त्रालयले भनेको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले बिहीबार फ्रान्सका लागि व्यावसायिक उडानको निरन्तर उपलब्धतालाई जनाउँदै सूचनापत्र जारी गरेको थियो ।

फ्रान्सले अनुमानित २३ हजार नागरिक लेबनानमा बस्ने गरेको जनाएको छ र गत महिना लगभग १० हजार फ्रान्सेली नागरिकहरू लेबनान भ्रमण गरिरहेका थिए ।

स्वीडेनले पनि बेरूतमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गर्दै आफ्ना नागरिकलाई तत्काल देश छोड्न आह्वान गरेको छ ।

मन्त्रालयले आइतबार इरान र यसका सहयोगीहरूले हमासको राजनीतिक नेताको हत्याको लागि इजरायललाई दोष दिँदै बदला लिने धम्की दिएपछि क्षेत्रीय द्वन्द्वको डरले फ्रान्सेली नागरिकलाई तत्काल लेबनान यात्रा नगर्न आग्रह गरेको हो ।

तेहरानले पनि हमास र लेबनानसँग सम्वद्ध इरान समर्थित लडाकू समूह हेजबुल्लाहले जस्तै इस्माइल हानियाको बुधवार भएको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : १९ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर