६ भदौ २०८३, शनिबार | August 22, 2026

आफ्ना नागरिकलाई लेबनान छोड्न फ्रान्सको आग्रह



पेरिस । इजरायल र हिजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।

“लेबनान भ्रमण गर्ने र त्यहाँ रहेका फ्रान्सेली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति ध्यानाकर्षित गराउन चाहन्छौँ र उनीहरूलाई तत्काल लेबनान छोड्न र आफ्नो देश फर्कन आग्रह गर्दछौँ,” लेबनानका लागि यात्रा सुचनामा फ्रान्सेली विदेश मन्त्रालयले भनेको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले बिहीबार फ्रान्सका लागि व्यावसायिक उडानको निरन्तर उपलब्धतालाई जनाउँदै सूचनापत्र जारी गरेको थियो ।

फ्रान्सले अनुमानित २३ हजार नागरिक लेबनानमा बस्ने गरेको जनाएको छ र गत महिना लगभग १० हजार फ्रान्सेली नागरिकहरू लेबनान भ्रमण गरिरहेका थिए ।

स्वीडेनले पनि बेरूतमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गर्दै आफ्ना नागरिकलाई तत्काल देश छोड्न आह्वान गरेको छ ।

मन्त्रालयले आइतबार इरान र यसका सहयोगीहरूले हमासको राजनीतिक नेताको हत्याको लागि इजरायललाई दोष दिँदै बदला लिने धम्की दिएपछि क्षेत्रीय द्वन्द्वको डरले फ्रान्सेली नागरिकलाई तत्काल लेबनान यात्रा नगर्न आग्रह गरेको हो ।

तेहरानले पनि हमास र लेबनानसँग सम्वद्ध इरान समर्थित लडाकू समूह हेजबुल्लाहले जस्तै इस्माइल हानियाको बुधवार भएको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : १९ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान

नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको