२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न



बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) बुटवलको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रिन्सिपल तथा गणित शिक्षकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

प्याब्सन बुटवलको आयोजना तथा वेदान्त पब्लिकेसनको समन्वयमा अभिमुखीकरण कार्यक्रमको गणित विषयका लेखक हुकुम प्रसाद दाहालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रशिक्षक दाहालले गणित विषयको सिकाइ प्रक्रिया, प्रश्न निर्माण तथा आन्तरिक मूल्याङ्कन लगायतका विषयमा प्रशिक्षण दिइएको बताए । उनले गणित विषयमा विद्यार्थीको रुचि घट्दै गएको हुँदा त्यस तर्फ विद्यार्थी कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा चिन्तित हुनुपर्ने बताए ।

कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरी आचार्य, हिसानका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्याय, प्यव्सान नेपालका केन्द्रीय सदस्य टीकाराम न्यौपाने, वेदान्त पब्लिकेसनका प्रबंध निर्देशक जीवन श्रेष्ठ, पब्लिकेसनका निर्देशक मनोज रेग्मी प्याव्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा लगायतले बोल्दै गणित विषयमा विद्यार्थीको रुचि काम हुँदै जानु चिन्ताको विषय भएको बताए ।

सरल तरिकाले गणित पढ्न सकिने भएपनि यो विषय अफ्ठयारो छ भन्ने कुरा विद्यार्थीको मनमा पसी सकेको हुँदा त्यसलाई हटाए मात्र गणित प्रतिको आकर्षण बढ्नेमा उनीहरुको जोड़ छ ।

त्यस्तै कार्यक्रममा वेदान्त पब्लिकेसनका लुम्बिनी प्रदेशका बजार व्यवस्थापक प्रकाश चन्द घिमिरे, सामुदायिक विद्यालयकोतर्फबाट कालिका मानवज्ञानका दिनेश थापा बुटवल प्याव्सनका सम्पूर्ण सदस्य विद्यालयका प्राचार्य तथा प्रतिनिधि गरी करिब ४५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याव्सन बुटवलका सचिव रामकृष्ण खनालले गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : ३४ बजे

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु