१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

एआइजीहरुको जिम्मेवारीमा ब्यापक हेरफेर, सिआईबीबाट श्याम ज्ञवालीलाई तानेर दिपक थापालाई पठाइयो



काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक(डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो ।

मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी तर्फका एआइजीहरूको सरुवा तथा पदस्थापना गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा सरुवा गरिएको प्रवक्ता गुरुङले बताए । उनका अनुसार अनुसन्धान ब्युरो लाजिम्पाटबाट श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ ।

यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार आज एआइजीमा बढुवा हुनुभएका रामदत्त जोशी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

प्रवक्ता गुरुङले बैठकपछि पत्रकारसँग भने, “नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।” सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उनले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ०२ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ