९ पुस २०८२, बुधबार | December 24, 2025

तिलोत्तमामा रहेको झरना स्पोर्ट्स क्लबको अध्यक्षमा पौडेल



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा रहेको झरना स्पोर्ट्स क्लब को ३१ औँ अधिवेशनबाट धनेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ । नयाँ कार्यसमितिलाई बुधबार एक कार्यक्रमका बिच पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका–६ का अध्यक्ष गणेश पाठकले ऐतिहासिक र गरिमा बोकेको झरना स्पोर्ट्स क्लबले प्रत्येक वर्ष गराउने फुटबल प्रतियोगिताले सिङ्गो तिलोत्तमालाई नै देशभर चिनाएकाले उक्त खेललाई थप विस्तारित गर्दै लैजान सुझाव दिए । उनले क्लबले खेल मात्र नभई सामाजिक काममा समेत तदारुकता देखाउने र कुन्जालापुर गाउँलाई नै परिचित गराएकाले यो साख जोगाइराख्न जरुरी रहेको बताए । खेल खेलाउने र क्लबलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न आफू प्रतिवद्ध रहेको उनले बताए ।

त्यस्तै नव निर्वाचित अध्यक्ष धनेन्द्र पौडेलले आफुलाई विश्वास गरि दिइएको जिम्मेवारी भरपुर निर्वाह गर्ने जनाए । क्लबको उपाध्यक्षमा नगेन्द्र छन्तेल, सचिव मा हन सिंह राना, सह सचिवमा गोपाल गलामी, कोषाध्यक्षमा निर्मल थापा, सहकोसाध्यक्षमा किशोर पौडेल चयन भएका छन । साथै सदस्यमा ज्ञान बहादुर भणडारी, ठाकुर अधिकारी, नन्दलाल चौधरी, सुदर्शन गुरुङ, कमल थापा, नितु थापा, सरिता थापा रहेको निर्वाचन आयोगका सम्योजक छत्र बहादुर दर्लामी मगरले जानकारी दिए । त्यस्तै नया कार्यसमितिले मनोनयन गरेका अन्य सदस्य सहित हालको कार्यसमितिमा २३ सदस्य रहेका छन । क्लबको संरक्षकमा रुपन्देही जिल्ला फुटबल संघ का अध्यक्ष लोक पुन रहेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ५० बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड