२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

श्रीलंकालाई पराजित गर्दै इरान काभा महिला भलिबल प्रतियोगिताको तेस्रो



काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा इरानले तेस्रो स्थान हासिल गरेको छ । बुधबार भएको तेस्रो स्थानको खेलमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै इरानले तेस्रो स्थान हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा इरानले पहिलो सेट २५-२२ ले जितेको थियो । दोस्रो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न भने सकेन । इरानले दोस्रो सेट २८-२६ ले जितेको हो । तेस्रो सेटमा २५-१७ को सहज जित निकालेपछि इरानले प्रतियोगिताको तेस्रो स्थान पक्का गरेको हो ।

प्रतियोगिताको सेमिफाइनलमा इरानलाई नेपालले हराएको थियो । मंगलबार भएको उक्त खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराएको हो । यस्तै, श्रीलंका भने भारतसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ०१ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न