१८ माघ २०८२, आइतबार | February 1, 2026

डेडिकेटेड तथा ट्रंकलाइनको बिल लेखा समितिमा पठाउन थालेपछि ४ उद्योगले तिरे बक्यौता



काठमाडौं । विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बिलहरु लेखा समितिमा पठाउने निर्णय गरेसँगै डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका चार उद्योगको बक्यौता रकम हर्जाना सहित तिरेका छन् । रुपन्देहीको यशोदा फुड्स, जयदुर्गा प्लास्टिक, सोना प्योकजिङ र सोना पोलिमर्सले डेडिकेटेड र ट्रंकलाइन बापत खपत गरेको बिजुलीको बक्यौता हर्जाना सहित तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यशोदा फुट्सले चार लाख २५ हजार २३१, जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६६ र सोना इन्ड्रस्टिजले तीन लाख ४६ हजार ३८९ रुपैयाँ तिरेको हो । २५ प्रतिशत जरिवानासहित ०७२ माघदेखि ०७५ वैशाखसम्म प्रयोग गरेको बिजुलीको बक्यौता उद्योगीले तिरेका प्राधिकरणले जनाएको छ ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा संसद्को सार्वजनिक लेखा समितिले प्राधिकरणसँग प्रमाण मागिरहेका बेला उद्योगीले बक्यौता तिर्न थालेका हुन् । लेखा समितिमा यसअघि तीनपटक छलफलपछि त्यसबारे प्राधिकरणसँग सबै प्रमाण मागिएको थियो । प्राधिकरणले आजै झण्डै ७० पृष्ठ लामो डेडिकेटेड तथा ट्रंकलाइनको बिल तथा त्यस सम्बन्धि प्रमाणहरु लेखा समितिमा पठाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १० : ३७ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि