२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

ट्रङ्क लाईन विवाद : काटिएका उद्योगमा बिद्युत सुचारु नगरिए तालाचाबी सरकारलाई बुझाइने



भैरहवा । ट्रङ्क लाईन विवादका कारण बिद्युत महसुल नतिरेर लाइन काटिएका उद्योगका संचालकहरुले यथासिघ्र काटिएको लाइन जोड्न माग गरेका छन् । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुमा निशर्तः लाइन पुनः जडान गर्न माग गरेका हुन् । उनीहरुले तुरुन्त विद्युत सुचारु नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरुले थप उद्योगको लाइन नकाट्न माग माग गरे । उनीहरुले बुझाएको ज्ञापन पत्रमा शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत जडान नगरिए कडा आन्दोलनमा उत्रिने उल्लेख गरिएको छ ।

बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुले ट्रंकलाइनको छुट विलिङ भन्दै प्रयोग नै नगरको विद्युतको महशुल तिर्न लगाउनु लगत भएको बताउँदै आएका छन् ।

एक्कासी उद्योगको लाईन काटिँदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने चेतावनी दिए ।

विद्युत प्राधिकरणले उद्योगहरुमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरु त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन प्राधिकरण पुगेका उद्योगी विनय गोयनकाले नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको गुनासो गरे ।

उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउँदासम्म उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए ।

ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले उद्योगीको माग माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायबाट आएको निर्देशन उद्योगसमक्ष पुर्याउने प्रतिबद्धता जनाए । उनले किस्तामा विद्युत महशुल तिर्न उद्योगी तयार भए निवेदन लिने भन्ने कुरा आफुलाई निर्देशन आएको उद्योगीहरुलाई जानकारी दिए ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ४९ बजे

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१