२३ भदौ २०८३, मंगलबार | September 8, 2026

डेडिकेटेड तथा ट्रंकलाइनको बिल लेखा समितिमा पठाउन थालेपछि ४ उद्योगले तिरे बक्यौता



काठमाडौं । विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बिलहरु लेखा समितिमा पठाउने निर्णय गरेसँगै डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका चार उद्योगको बक्यौता रकम हर्जाना सहित तिरेका छन् । रुपन्देहीको यशोदा फुड्स, जयदुर्गा प्लास्टिक, सोना प्योकजिङ र सोना पोलिमर्सले डेडिकेटेड र ट्रंकलाइन बापत खपत गरेको बिजुलीको बक्यौता हर्जाना सहित तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यशोदा फुट्सले चार लाख २५ हजार २३१, जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६६ र सोना इन्ड्रस्टिजले तीन लाख ४६ हजार ३८९ रुपैयाँ तिरेको हो । २५ प्रतिशत जरिवानासहित ०७२ माघदेखि ०७५ वैशाखसम्म प्रयोग गरेको बिजुलीको बक्यौता उद्योगीले तिरेका प्राधिकरणले जनाएको छ ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा संसद्को सार्वजनिक लेखा समितिले प्राधिकरणसँग प्रमाण मागिरहेका बेला उद्योगीले बक्यौता तिर्न थालेका हुन् । लेखा समितिमा यसअघि तीनपटक छलफलपछि त्यसबारे प्राधिकरणसँग सबै प्रमाण मागिएको थियो । प्राधिकरणले आजै झण्डै ७० पृष्ठ लामो डेडिकेटेड तथा ट्रंकलाइनको बिल तथा त्यस सम्बन्धि प्रमाणहरु लेखा समितिमा पठाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १० : ३७ बजे

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी