१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बुटवल उपमहानगरपालिकाका सबै सेवा बन्द, उपमहानगरमा लकडाउन कडा पारिंदै



बुटवल । उपमहानगरपालिकामा ३ जना अधिकृत र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाई र दमकल सेवा बाहेक सबै सेवाहरु बन्द गरेको छ ।

शनिबार उपमहानगरका लेखा अधिकृतलाई संक्रमण देखिएकोमा आईतबार प्रशासन र सामाजिक विकास शाखा अधिकृतसहित थप १ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरका तोकिएका बाहेक सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सुचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताए ।

शर्माका अनुसार उपमहानगरमा बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आइतबार देखिनै लागु हुने गरि बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्ता कार्यालयका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।

बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र समुदाय स्तरमा ४० जनाको संख्यमा संक्रिय कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ४७ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर