११ भदौ २०८३, बिहिबार | August 28, 2026

अध्यक्ष नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपाल भ्रमणमा रहेका मिस्रीले कोटेश्वरस्थित अध्यक्ष नेपाल निजी निवास पुगेर आज भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच द्विपक्षीय हित, सांस्कृतिक सम्बन्ध र विकासलगायत क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

यसअघि सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायतसँग शिष्टाचार भेट गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ०२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि