२० मंसिर २०८२, शनिबार | December 6, 2025

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह



काठमाडौं । गृहमन्त्री रमेश लेखकसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गरेका छन् । विहिबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कताबिचको गहिरिदै गएको सम्वन्धका बारेमा चर्चा भएको छ ।

भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरेका थिए ।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड दिदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे ।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिए ।

त्यसैगरी राजदूत अलान्सारील बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसा समेत राजदूतले गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ६ : ४८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय