२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

कोशी नामकरणविरुद्ध जसपा नेपालले बनायो संघर्ष समिति



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

कोशी प्रदेश नामाकरणको विरुद्धमा भईरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरि आन्दोलनलाई निर्णायक तहमा पुर्याउन उक्त समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

जसपा नेपाल कार्यकारिणी समिति सदस्य एवं पूर्व शान्ति मन्त्री रकम चेम्जोंगको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको हो ।

आदिवासी जनजाति समुदायमा रुचाईएका र पहिचानवादी समुदायहरुबीच समन्वय गर्न सक्ने तथा आन्दोलनलाई परिणामसम्म पुर्याउन सक्ने क्षमता भएकोले चर्चित नेता चेम्जोंगलाई आन्दोलनको कमाण्डर तोकिएको अध्यक्ष यादवले बताए ।

संघर्ष समितिको सदस्यमा जसपा नेपाल प्रदेश नं। १ का अध्यक्ष  दिपक याख्या, विदेश इन्चार्ज डा. केके राई, संगठन विभाग सचिव लाक्पा शेर्पा, पहिचानवादी नेताहरु राजकुमार राई, जयराम यादव, सशी लिङदेन, कुन्ता राई र मच्छिन्द्र वेगा रहेका छन् ।

यही साउन २७ गते सुरु भई ३० गते ललितपुरको सानागाउँमा सम्पन्न चार दिवसीय जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त संघर्ष समिति घोषणा गरेको थियो । यद्यपि, केही सदस्यहरुको नाम थपेर बिहिबार समितिले पूर्णता पाएको छ ।

पूर्वी नेपालमा पहिचानका आधारित आन्दोलन समुदायगत र स्वस्फूत ढंगले हुँदैआए पनि पार्टीगत रुपमा कोशी प्रदेश नाम खारेजीको लागि कमाण्डर तोकेर संघर्ष समिति गठन भएको यो पहिलो पटक हो ।

कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाकारण हुनुपर्ने आवाज उठाउँदै भएका हरेक आन्दोलनको समर्थनमा जसपा नेपाल उभिँदै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : ५४ बजे

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु

गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

चैत ५ भित्र प्रतिनिधिसभा निर्वाचनका सबै काम सक्ने आयोगको लक्ष्य

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग

बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १४ हजार ७२९ रुपियाँ

झापा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो

सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं