२१ मंसिर २०८२, आइतबार | December 7, 2025

श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित



काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भएका छन् ।

डिकवेला हालै सम्पन्न लंका प्रिमियर लिगको समयमा विश्व एन्टी-डोपिङ गाइडलाइन्स अनुसार गरिएको डोपिङ परीक्षणमा असफल भएको रिपोर्टमा बताइएको छ । थप अनुसन्धान भइरहेकोले उनलाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको छ ।
श्रीलंका क्रिकेट बोर्डले हाल अनुसन्धान जारी रहेकाले अर्को सूचना नभएसम्म उनलाई निलम्बन गरिएको जनाएको छ ।

हालै सम्पन्न श्रीलंका प्रिमियर लिगमा गाले मार्भल्सको कप्तानी गरेका ३१ वर्षीया,डिकवेला पछिल्लो पटक मार्च २०२३ मा राष्ट्रिय टोलीमा परेका थिएनन् । उनी यस वर्षको सुरुमा बंगलादेशविरुद्ध श्रीलंकाको टी-२० सिरिजका लागि टिममा सामावेश गरिएको भएपनि उनले खेल खेल्ने अवसर भने पाएका थिएनन् ।

डिकवेलाले श्रीलंकाका लागि टेष्टमा २७५७ रन, एकदिवसीयमा १६०४ र टी-२० मा ४८० रन बनाएका छन् ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ७ : ३३ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन