१५ भदौ २०८३, सोमबार | September 1, 2026

रक्षाबन्धनको साइत १ बजेर ३१ मिनेट पछि मात्र



नेपालगन्ज । पाञ्चाङ्ग निर्णायक समितिले समयमै ऋषितर्पणी रक्षाबन्धनको शुभ साइत निर्धारण नगरिदिँदा यस वर्षको ऋषितर्पणी तथा रक्षाबन्धनको शुभ साइतका बारेमा जनमानसमा भ्रम उत्पन्न भएको छ । ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजे सम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

निर्णाय समितिले विज्ञप्ति जारी गर्दै २०८१ साल भाद्र ३ गरी सोमबार श्रावणशुक्ल पूर्णिमाका दिन गरिने मणस्नान, उपाकर्म नूतन प्रज्ञोपवीतधारण ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरुको काल सम्वन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भैरहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४० घद्धि १९ पला रहेको र घण्टा मिनेटअनुसार त्यस दिन दिउसो ११ः३१ बजेसम्म भद्रा नक्षत्र जनाइएको छ । भद्रामा श्रावणीसम्वन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामवाट राजा बर्यात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भए‌को समितिले स्पष्ट पारेको छ ।

‘गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षावन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूज्ञमात्र पूर्वोक्त व्यक्तित्वहरूले बान्न नहुने हुँदा भद्रापछि बाँध्न उचितत हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  १० : ४९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,