२० मंसिर २०८२, शनिबार | December 6, 2025

रक्षाबन्धनको साइत १ बजेर ३१ मिनेट पछि मात्र



नेपालगन्ज । पाञ्चाङ्ग निर्णायक समितिले समयमै ऋषितर्पणी रक्षाबन्धनको शुभ साइत निर्धारण नगरिदिँदा यस वर्षको ऋषितर्पणी तथा रक्षाबन्धनको शुभ साइतका बारेमा जनमानसमा भ्रम उत्पन्न भएको छ । ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजे सम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

निर्णाय समितिले विज्ञप्ति जारी गर्दै २०८१ साल भाद्र ३ गरी सोमबार श्रावणशुक्ल पूर्णिमाका दिन गरिने मणस्नान, उपाकर्म नूतन प्रज्ञोपवीतधारण ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरुको काल सम्वन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भैरहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४० घद्धि १९ पला रहेको र घण्टा मिनेटअनुसार त्यस दिन दिउसो ११ः३१ बजेसम्म भद्रा नक्षत्र जनाइएको छ । भद्रामा श्रावणीसम्वन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामवाट राजा बर्यात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भए‌को समितिले स्पष्ट पारेको छ ।

‘गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षावन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूज्ञमात्र पूर्वोक्त व्यक्तित्वहरूले बान्न नहुने हुँदा भद्रापछि बाँध्न उचितत हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  १० : ४९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल