१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

विपद् उद्धारका लागि विमान उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता



काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीन ओटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको यहाँस्थित अमेरिकी दूतावासले आज जनाएको छ । दुई देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा उक्त सहयोगको प्रतिबद्धता व्यक्त गरिएको हो ।

सन् २०२१ मा अमेरिकाले सन् २०२५ जनवरीसम्म तीन करोड ७० लाख डलर बराबरका दुई ओटा एम २८ स्काइट्रक उपलब्ध गराउने सहमति भएको दूतावासले जनाएको छ । “छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका स्थिर पखेटा भएका विमान हुन् । यीमध्येको एउटा विमान हवाई एम्बुलेन्स हो”, दूतावासले भनेको छ । यस अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पाटपुर्जा सहयोग समेत समावेश गरिएको छ ।

सन् २०२२ मा अमेरिकाले नेपाललाई दुई ओटा बेल ४१२ हेलिकप्टर उपलब्ध गराउन सहमति जनाएको थियो । ती हेलिकप्टरहरू आगामी केही वर्षमा उपलब्ध हुने अपेक्षा गरिएको छ । चार करोड ४० लाख डलरको उक्त अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै बन्दोबस्ती सहयोग समेत समावेश गरिएको छ ।

व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले गत साता आफ्नो नेपाल भ्रमणका क्रममा अमेरिकाले अतिरिक्त हेलिकप्टर, तालिम र सहायता उपकरणका लागि थप १० करोड डलरको अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । यद्यपि, उक्त सहायता अमेरिकी कंग्रेसबाट सूचना प्राप्त भई आर्थिक स्रोतको उपलब्धता सुनिश्चित भएपछि प्रदान गरिने दूतावासको भनाइ छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ९ : ०७ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ