२० मंसिर २०८२, शनिबार | December 6, 2025

जन्म, मृत्युदर्ता गराउँदा आर्थिक सहयोग



नुवाकोट । विदुर नगरपालिका-५ कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा रु पाँच हजार उपलब्ध गराउने भएको छ । गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको हो ।

उक्त कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग रकम उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।

“गत वर्ष बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले रु पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गर्न ल्याएको कार्यक्रम प्रभावकारी बन्यो । यस वर्षदेखि वडाबासी कोही व्यक्तिको निधन भएमा ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई रु पाँच हजार राहत दिन लागिएको छ ।

बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउँदै आएका छौँ”, वडाध्यक्ष न्यौपानेले भने, “वडामा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई मृत्युपश्चात्का संस्कार गर्न गाह्रो छ । सुखमा मात्र होइन, दुःखमा पनि सरकारको साथ हुनुपर्छ भनेर राहतस्वरुव पाँच हजार प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ।”

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ९ : ४६ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको