२० मंसिर २०८२, शनिबार | December 6, 2025

खेलकुद मन्त्री आफै भन्छन्-‘ठेकेदारले काम सकेमात्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा हुने’



नेपालगन्ज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा अझै अन्यौलता कायम रहेको बताएका छन् । प्रेस युनियनले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मनत्री चौधरीले रंगशाला निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीले ३५ दिनभित्र काम सकेमा मात्र समयमै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्ने बताए ।

दशौं खेलकुद प्रतियोगिताको सम्भावना अध्धयन गर्न कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर फर्किएका मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फाल्गुन अन्तिमतिर सर्न सक्ने संकेत गरे । ठेकेदारले समयमै काम नसकेमा प्रतियोगिता फागुनमा सर्न सक्ने उनको भनाई छ । उनले उद्घाटन समयमै नभएपनि केही खेल भने खेलाइने जानकारी दिए ।

दशौं राष्ट्रिय खुलकुदमा ३६ वटा खेल समावेश गरिएको छ । त्यसमध्येमा २२ वटा खेलमात्रै कर्णालीमा सम्भव हुने र अन्य खेल भने नेपालगन्ज र यस आसपासका खेल मैदानमा हुने बताइएको छ ।मन्त्री चौधरीले कर्णालीमा २२ देखि २४ वटा खेल हुन सक्ने उल्लेख गर्दै अन्य खेलहरु बाँकेमा हुनसक्ने बताए ।

खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले अन्तिम गृहकार्य गरिरहेको बताउदै मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न सरकारले छिट्टै यी कार्यक्रम लागू गर्ने तयारीमा रहेको बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले नेपालगन्जमा बन्दै गरेको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै बिग्रिएको सम्बन्धमा अध्ययन गर्न जाँचबुझ टोली बनाइसकेको र आफूले पनि घटनास्थलमा गएर हेर्ने जनाए ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ८ : १० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल