४ श्रावण २०८३, सोमबार | July 21, 2026

माओवादी बैठक : सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्नेभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बागमती प्रदेशका नेता तथा कार्यकर्ताको बैठकमा धारणा राख्ने ८२ जना नेताले जनताको कार्यसूचीमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीलाई प्रभावकारी बनाउनका लागि वर्गतिर फर्कनुपर्ने, विगतका गल्ती तथा कमजोरीलाई आत्मआलोचना गर्नुपर्ने, सङ्गठन निर्माणमा विशेष जोड दिनुपर्नेलगायत समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीचित्र निरन्तर बहस र छलफल भइहेको र केन्द्रीय समितिको बैठकसम्म जारी रहने जानकारी दिए । उनले पार्टीभित्र देखिएको भनिएको विवाद समाधान भइसकेको बताए ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा सङ्गठन विस्तारलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

उपमहासचिव जनार्दन शर्माले पनि आफूले स्थायी समिति बैठकमा राखेको लिखित धारणाका बारेमा जानकारी राख्दै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको बताएका थिए ।

बुधबारदेखि सुरु भएको सो बैठकमा बागमती प्रदेशका नेता तथा कार्यकर्ताले पार्टीको समग्र अवस्था आगामी दिनको भूमिका, जनपरिचालन, सङ्गठन निर्माणलगायत विषयमा आफ्नो धारणा राखेका थिए । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समितिको बैठकले सात प्रदेश र सम्पर्क, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चलगायतको बैठकको मिति तय गरेको थियो ।

बैठकमा उपाध्यक्ष पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा एवं बागमती प्रदेशको नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ७ : १३ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा