२० मंसिर २०८२, शनिबार | December 6, 2025

फ्राइडे रिलिज : प्रधानमन्त्री केपी ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’ र मलिकाको ‘सतीदेवी’ रिलिज



काठमाडौं । आज दुई नेपाली चलचित्र रिलिज भएका छन् । फ्राइडे रिलिज अन्तर्गत ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका हुन् ।

‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन भने ‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन । ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् ।

प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।

‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले पेस गरेको छ । सिनेमाको कथा निर्देशक स्वयंले लेखेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ८ : ३५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति