२९ असार २०८३, सोमबार | July 13, 2026

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको बुटवलमा बृहत तीज मिलन



बुटवल । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा छत्रगंज रूपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम आयोजना गरेको छ । छत्रगन्ज घर माइत तथा मामाघर भै रूपन्देही तथा आसपासमा बसोबास गरिरहेका ६ सय बढीको उपस्थितीमा तीज मिलन तथा दरखाने कार्यक्रम भएको हो ।

सम्पर्क समाजको पहलमा तीज मिलनकै बीच जेष्ठ नागरिक सदस्य, एकल महिला तथा अपांगता भएका व्यक्तिहरूको सदस्यता नवीकरण समेत गरिएको थियो । छत्रदेब ५ का वार्ड अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम स्थलबाटै जेष्ठ नागरिक सदस्य, एकल महिला तथा अपांगता भएका व्यक्तिहरूको सदस्सता नविकरण गरिएको थियो ।

विगतमा जस्तो छत्रगञ्ज जान नपरेको र घरमै आएर सदस्यता नविकरण गरिदिएको भन्दै जेष्ठ नागरिकहरुले सम्पर्क समाजलाई धन्यवाद ब्यक्त गरेका थिए ।

सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षता तथा सचिव बिराट पौडेलको सञ्चालन एवम् बन्दना पाण्डे, अनिता आचार्य तथा गीता रानाको संयोजनमा भएको कार्यक्रममा सहभागी महिलाहरु मौलिक तीजको भाकामा निकैबेर नाचगान गरेका थिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १० : १९ बजे

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी