२२ चैत्र २०८२, आइतबार | April 6, 2026

महानगर प्रमुख बालेन लेख्छन् – ‘एमालेकी प्रदेश सांसद रेखा शर्माले बाल हिंसा गरिन्’



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेकपा एमालेकी बागमती प्रदेश सभाकी सदस्य रेखा शर्माले नाबालिगमाथि हिँसा गर्दै आएको आरोप लगाएका छन् । बालेनले आज सामाजिक सञ्जाल मार्फत प्रदेशसभा सदस्य शर्माले विगत ८ वर्षदेखि एकजना नाबालिकलाई बन्दी बनाएर राखेको र घरेलुकामदारका नाममा हिंसा गर्दै आएको आरोप लगाएका हुन् ।

सांसदको फोटो समेत सार्वजनिक गर्दै महानगर प्रमुख बालेनले नाबालिका माथि हिँसा गर्ने र हरेक दिन कुटपिट गर्दै आएको जनाउँदै महानगरले २ महिना देखि कारवाही अगाडि बढाउन भन्दा पनि उनीमाथि सरकारले कारवाही नचलाएको जनाएका छन् । उनले अदालतले मुद्दा चलाउने आदेश दिँदा पनि सरकारले बेवास्ता गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै बालेनले लेखेका छन् – ‘सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ७ : ४८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको