१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न



काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्विकृती पश्चात् जारी हुने गरी रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पु¥याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए ।

आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बंैकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ । साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार सेयर” जारी हुनेछ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ८ : ३० बजे

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण