८ असार २०८३, सोमबार | June 22, 2026

एमालेको पोलिटब्यूरो बैठक शुरु



काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

भोलीसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ ।

साथै बैठकले कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् ।

एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ ।

आजको पोलिटब्यूरो बैठकमा प्रदेश अध्यक्षहरु सहभागी छैनन् । यसअघि एमालेमा पोलिटब्यूरोमा प्रदेश अध्यक्षहरु पदेन सदस्यका रुपमा रहेको भएपनि गत २२ साउनमा अपानि जारी गरेर प्रदेश अध्यक्षहरुलाई तह घटाउँदै पदेन केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  २ : १८ बजे

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको