१६ असार २०८३, मंगलबार | June 30, 2026

घन्किनै छाडे तीजमा मादल



कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ किकुष्मा रोकाया मादल बजाउनमा सिपालु थिइन । तीजमा रमाइलो गर्दा वा देउसीभैलो खेल्दा उनको जिम्मा मादल बजाउने र गीत गाउने हुन्थ्यो । तीजको बेलामा सबै जम्मा भएर मादल बजाउँदै नाचगान गरेको उनलाई सम्झना आउँछ । तीज आउनभन्दा महिनादिन अघिदेखि नै महिला जम्मा भएर रमाइलो गरेको सम्झँदै उनी भन्छिन, “अब पहिलेको जस्तो तीजको त्यो रौनक नै हरायो ।”

धान रोपेर सकिने बित्तिकै तीजका भाकामा नाच्ने गरेको घोडाघोडी-८ की ६५ वर्षीय तिलादेवी विष्टलाई पनि सम्झना छ । “साउन महिनादेखि नै मादलसँगै तीजका भाका गुञ्जन थाल्दथे”, विष्ट भन्छिन, “अब त तीज आयो गयो केही थाहा हुँदैन ।” पछिल्लो समय तीज मनाउने शैली परिवर्तन हुँदै गएको उनको बुझाइ छ ।

मौलिक तीजका भाकाहरु हराउँदै गएको घोडाघोडी नगरपालिका-१ का अध्यक्ष घनश्याम ओझा बताउँछन । “तीज आउनलाग्दा गाउँघरमा मादल बज्न सुरु हुन्थे”, ओझा भन्छन, “अहिले डिजेहरू बजेका हुन्छन् मादलका भाका त सुन्न नै पाइँदैन ।” हराउँदै गएका चाडपर्वका मौलिकताहरूलाई जोगाउनु सबैको दायित्व रहेको बताउँदै उनले भने ।

चाडपर्वको मौलिकता हराएसँगै यसको प्रत्यक्ष असर व्यवसायीहरुमा परेको छ । डिजेका कारण व्यवसायमा असर पुगेको लम्कीचुहा नगरपालिका-३ का मादल व्यवसायी तीर्थ वादी बताउँछन । “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो”, उनले भने, “मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले तीज आइसक्यो एउटा पनि मादल बेचेको छैन ।”

उनी भन्छन, “डिजेले मादल लोप भइसकेको छ जस्ले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ मादल बनाएर राखेको छु बिक्री हुँदैन ।” तीजको मौलिकतालाई जोगाउनका लागि केही प्रयासहरू पनि भइरहेका छन् । केही दिनअघि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताइन । “तीजको मौलिकता हराउँदै गएको छ”, उनले भनिन, “सुखदुःख साट्ने तीज अहिले भड्किलो हुँदै गएको छ, यसलाई जोगाउनका लागि तीज मिलन कार्यक्रम गरेका हौँ ।”

घोडाघोडी उद्योग वाणिज्य सङ्घले पनि तीजका अवसरमा मौलिक भाकामा तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । हराउँदै गएको तीजका पुराना भाकाहरुलाई जोगाउनका लागि प्रतियोगिता आयोजना गरेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए । आउँदो २२ गते प्रतियोगिताको आयोजना गरेको बताउँदै उनले भने, “हाम्रो मौलिकतालाई जोगाउनु सबैको दायित्व हो ।”

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १० : १४ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग