२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

घाइते अवस्थामा देखिएको चितुवा मृत फेला



गोरखा । गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेलापरेको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो ।

मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए । “स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन”, उनले भने, “बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला प¥यो ।”

चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उनको भनाइ छ । “शरीरमा घाउचोट केही छैन”, उनले भने, “चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ ।” वन डिभिजन कार्यालय गोरखासँग चितुवा उद्धारका लागि डार्ट गर्ने जनशक्ति नहुँदा उद्धारमा ढिलाइ भएको प्रमुख शालिण्यको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा मृत चितुवाको परीक्षण गरी डिभिजन वन कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १ : ५३ बजे

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत्

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम-कोरोलानाका जोड्ने मुस्ताङको

दमक-चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी

स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियान

वालिङ । स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष