२० मंसिर २०८२, शनिबार | December 6, 2025

कीर्ते कसुर ठहर भएको ३३ वर्षपछि लुम्बिनी प्रदेशसभाका सांसद केसी कारागार चलान



काठमाडौं । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।

३३ वर्ष पुरानो कीर्ते मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरे लगत्तै उनलाई कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए ।

धनबहादुरलाई श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साबिक रुकुम जिल्ला अदालतले ३३ वर्ष पहिले दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले सजाय भुक्तान नगरि बसेका थिए । लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका उनी कांग्रेसको उच्च नेताहरुको संरक्षणमा खुल्ला राजनीतिमा सक्रिय थिए ।

उनी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए भने गत महिनामा मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन समेत प्रदेशसभामा उपस्थित भएका थिए । प्रहरीको फरार सूचीमा रहेका सांसद केसीलाई गत वर्ष बुटवलमा जारी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट सम्मानित समेत गरिएको थियो । पार्टी सङ्गठन सुदृढीकरणमा महत्पूर्ण भूमिका खेलको भन्दै नेपाली कांग्रेसले उनलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ४ : ५३ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय