२२ भदौ २०८३, सोमबार | September 7, 2026

कीर्ते कसुर ठहर भएको ३३ वर्षपछि लुम्बिनी प्रदेशसभाका सांसद केसी कारागार चलान



काठमाडौं । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।

३३ वर्ष पुरानो कीर्ते मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरे लगत्तै उनलाई कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए ।

धनबहादुरलाई श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साबिक रुकुम जिल्ला अदालतले ३३ वर्ष पहिले दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले सजाय भुक्तान नगरि बसेका थिए । लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका उनी कांग्रेसको उच्च नेताहरुको संरक्षणमा खुल्ला राजनीतिमा सक्रिय थिए ।

उनी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए भने गत महिनामा मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन समेत प्रदेशसभामा उपस्थित भएका थिए । प्रहरीको फरार सूचीमा रहेका सांसद केसीलाई गत वर्ष बुटवलमा जारी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट सम्मानित समेत गरिएको थियो । पार्टी सङ्गठन सुदृढीकरणमा महत्पूर्ण भूमिका खेलको भन्दै नेपाली कांग्रेसले उनलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ४ : ५३ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११