१० भदौ २०८३, बुधबार | August 26, 2026

काठमाडौं उपत्यकामा भाद्र १० सम्म निषेधाज्ञा घोषणा, के गर्न पाइने, के नपाइने !



काठमाडौँ । दिनदिनै उपत्यका कोरोना संक्रमित थपिँदै गएपछि बुधबार देखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले उपत्यकामा समुदायमा संक्रमणको जोखिम बढेको ठहर गर्दै भोलि (बुधबार) राति १२ बजेबाट लागू हुनेगरि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवामा ताकिएका सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने गरि निषेधाज्ञा जारी भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

बैठकले अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न नपाइने निर्णय गरेको छ ।

सर्वसाधारणको आवतजावतलाई पनि निषेध गर्ने निर्णय गर्दै बैठकले खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

मंगलबार मात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

 

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ८ : ०३ बजे

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन