१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

भेरी अस्पतालको १६ लाखको लहरोले पहरो तान्दै, अख्तियार मुख्यालयले अनुसन्धान गर्दै, नेपालगन्जमा बयान लिईंदै



नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुण खनाललाई नियन्त्रणमा लिएसँगै अस्पतालका अन्य कर्मचारी पनि अनुसन्धानमा तानिन थालेका छन् ।

थप अनुसन्धानका लागि भन्दै भेरी अस्पताल नेपालगन्जका ४ जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेअनुसार लेखा अधिकृतसहित ४ जना कर्मचारी निलम्बनमा परेकाछन् ।

निलम्वित हुनेहरुमा भेरी अस्पताल नेपालगन्जका लेखाअधिकृत माधव आचार्य, लेखापाल इन्द्र ओली, सहलेखापाल प्रेम खत्री र कम्प्युटर अपरेटर अरुणराज खनाल रहेकाछन् । अख्तियारले गत साउन ८ गते कम्प्युटर अपरेटर खनालको दराजमा राखिएको श्रोत नखुलेको १६ लाख रकमसहित उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका कम्प्युटर अपरेटर खनालको बयानका आधारमा लेखा अधिकृतसहित थप तीन जनालाई निलम्बन गरिएको हो ।

खनाल पक्राउ परे पश्चात भेरी अस्पतालबाट अस्पताल प्रमुखसहित लेखासँग सम्बन्धित अन्य कर्मचारीलाई बयानका लागि अख्तियारले काठमाडौं बोलाएको थियो ।

कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको आधारमा अख्तियारले छानविन सुरु गर्दैगर्दा खनाल पक्राउ परेका थिए ।

कम्प्युटर अपरेटर खनालमाथि अख्तियारको केन्द्रीय कार्यालय टंगालको टिमबाट अनुसन्धान भईरहेको । खनालको बयानका आधारमा अन्य संग्लग्नहरुको बयान लिने काम नेपालगन्जबाट भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले बताए । तत्काल काठमाडौं लैजान नसकिने वा लैजान आवश्यक नदेखिएका अन्य कर्मचारीको बयान नेपालगन्जबाट लिएर पठाउने काम भईरहेको पाण्डेले बताए ।

बयानका आधारमा अन्य कर्मचारीलाई निलम्वन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनलाई अख्तियारबाट तत्काल सिफरिस गरिएपनि उनीहरुलाई ढिलागरी निलम्बन गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ९ : १० बजे

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक