१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कैलाश खोला बहुलाउँदा अछाममा विनाशकारी बाढी; ६ जनाको शव भेटियो, १७ अझै वेपत्ता



अछाम । अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर १७ जना अझै वेपत्ता रहेका छन् ।

बाढीले बगाएर मृत्युभएका मध्ये ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्रमा भेटिएको छ भने २ जनाको शव मंगलसेन नगरपालिका –३ रलेको लमतणा र सेरीमा भेटिएको छ । तर, मृतकहरुको सनाखत भने अझै भैसकेको छैन ।

उद्दारका लागि हेलिकोप्टर पठाइदिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बता

कैलाश खोलाको बाढीले कैयौं घर र पक्की पुललाई समेत बगाएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

दर्नामा पक्की पुलसमेत बगाएको छ । खालबजार, सैनीबजार, मुजाबगर, गजड, अल्लेडीलगायत धेरै स्थानमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बाढीले खोला छेउछाउका घर, पसल र धान उत्पादन राम्रो हुने खेत बगाएको छ । नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

बाढीग्रस्त क्षेत्रमा उद्दारको लागि जिल्ला सदरमुकामबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ११ : ३० बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,