१७ माघ २०८२, शनिबार | January 31, 2026

कैलाश खोला बहुलाउँदा अछाममा विनाशकारी बाढी; ६ जनाको शव भेटियो, १७ अझै वेपत्ता



अछाम । अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर १७ जना अझै वेपत्ता रहेका छन् ।

बाढीले बगाएर मृत्युभएका मध्ये ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्रमा भेटिएको छ भने २ जनाको शव मंगलसेन नगरपालिका –३ रलेको लमतणा र सेरीमा भेटिएको छ । तर, मृतकहरुको सनाखत भने अझै भैसकेको छैन ।

उद्दारका लागि हेलिकोप्टर पठाइदिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बता

कैलाश खोलाको बाढीले कैयौं घर र पक्की पुललाई समेत बगाएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

दर्नामा पक्की पुलसमेत बगाएको छ । खालबजार, सैनीबजार, मुजाबगर, गजड, अल्लेडीलगायत धेरै स्थानमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बाढीले खोला छेउछाउका घर, पसल र धान उत्पादन राम्रो हुने खेत बगाएको छ । नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

बाढीग्रस्त क्षेत्रमा उद्दारको लागि जिल्ला सदरमुकामबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ११ : ३० बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक