९ भदौ २०८३, मंगलबार | August 25, 2026

भोलि (सोमबार) देशैभर मुस्लिम धर्मालम्बीहरुका लागि सार्वजनिक बिदा



नेपालगन्ज । सरकारले मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा सरकारले देशभरका मुस्लिम धर्मालम्बीहरुका लागि सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भोलि सोमबारका दिन इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम धर्मालम्बीहरुका लागि मात्र बिदा दिने निर्णय भएको जनाएको छ । राष्ट्रिय मुस्लिम आयोगबाट भाद्र ३१ गते सोमबार मोहम्मद दिवस परेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सूचनामा राजपत्रमा मोहम्मद दिवसका दिन बिदा दिने जनाईए बमोजिम सोमबार बिदा दिने निर्णय भएको जनाइएको छ ।

मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा सो धर्मावलम्बीले हरेक वर्ष मोहम्मद दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभर भोलि १४९९औँ मोहम्मद जयन्ती मनाइँदैछ ।

मोहम्मद दिवसका दिन मुस्लिम समुदायले जुलुस निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ ।

नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद डे भनेर पनि मनाउने गरेका नेपालगन्जका मुस्लिम अगुवा मोबिन हिमालयले बताए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : २३ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त