नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा दिने भएको छ । भोलि भाद्र १० गते परेको मोहम्मद जन्मोत्सवको अवसरमा मस्लिम समुदायका कर्मचारीहरुलाई विदा दिने भएको हो ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मुस्लिम आयोगबाट भाद्र १० गते मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएको कारण मुस्लिम धर्मालम्बिहरुका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ ।
सूचनामा मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा मन्त्रालयले शुभकामना समेत व्यक्त गरेको छ । भोलि मुस्लिम धर्मालम्बिहरुले १५०१ औं मोहम्मद जयन्ती बनाउँदै छन् । शान्ति सुव्यवस्था कायम राख्न यस वर्ष स्थानीय प्रशासनको आग्रहमा सो समुदायले डिजे/लाउडस्पिकर नबजाउने भएको छ ।

















प्रतिक्रिया