२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

भोलि (सोमबार) देशैभर मुस्लिम धर्मालम्बीहरुका लागि सार्वजनिक बिदा



नेपालगन्ज । सरकारले मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा सरकारले देशभरका मुस्लिम धर्मालम्बीहरुका लागि सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भोलि सोमबारका दिन इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम धर्मालम्बीहरुका लागि मात्र बिदा दिने निर्णय भएको जनाएको छ । राष्ट्रिय मुस्लिम आयोगबाट भाद्र ३१ गते सोमबार मोहम्मद दिवस परेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सूचनामा राजपत्रमा मोहम्मद दिवसका दिन बिदा दिने जनाईए बमोजिम सोमबार बिदा दिने निर्णय भएको जनाइएको छ ।

मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा सो धर्मावलम्बीले हरेक वर्ष मोहम्मद दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभर भोलि १४९९औँ मोहम्मद जयन्ती मनाइँदैछ ।

मोहम्मद दिवसका दिन मुस्लिम समुदायले जुलुस निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ ।

नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद डे भनेर पनि मनाउने गरेका नेपालगन्जका मुस्लिम अगुवा मोबिन हिमालयले बताए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : २३ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५