२३ चैत्र २०८२, सोमबार | April 6, 2026

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध



काठमाडौ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ ।
संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू अगाडि बढाउन अग्रसर ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेज यूएनजीसीमा आबद्ध भएको हो ।
यूएनजीसी विश्वकै सबैभन्दा ठूलो स्वैच्छिक कर्पोरेट सस्टेनेबिलिटी पहल हो । यसले मानव अधिकार, श्रमिकको हकहित, वातावरण, भ्रष्टाचार विरोधी लगायत दश वटा विश्वव्यापी सिद्धान्तहरुसँग सम्बन्धित रहेर काम गर्दै आइरहेको छ ।

१७ हजार भन्दा व्यवसायीक संस्था र ४ हजार भन्दा बढी गैर–व्यवसायिक संस्था सहभागी रहेको विश्वव्यापी नेटवर्कमा ब्रिटिस कलेज पनि समावेश भएको हो । प्रतिष्ठित नेटवर्कमा सामेल भएको ब्रिटिस कलेज पनि दिगो विकासका अभ्यासहरू अगाडि बढाउन उद्यत रहेको छ ।

यस आबद्धतासँगै ब्रिटिस कलेजले यूएनजीसीका सिद्धान्तहरू आफ्ना शैक्षिक कार्यक्रमहरू, अनुसन्धान, र सामुदायिक कार्यहरुमा समावेश गर्नेछ । त्यसोत, टीबीसीले आफ्नो पाठ्यक्रम तथा परियोजनाहरु जस्तै, ‘बीबीए इनोभेट फर इम्प्याक्ट’मार्फत हरित उद्यमशीलता र सामाजिक उद्यम व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ । यस कार्यक्रम पनि यूएनजीसीको प्रयाससँग मेल खान्छ ।

‘हामी यूएनजीसी ग्लोबल कम्प्याक्टमा समावेश हुन पाएकोमा उत्साहित छौं,’ ब्रिटिस कलेजको हेड अफ सस्टेनेबिलिटी प्रमुख सुनिता बस्नेतले भनिन, ‘यस अबद्धताले हाम्रो दिगोपन प्रतिको प्रतिबद्धतालाई बलियो मात्र बनाउँदैन, यसले विश्वभरका समान सोच भएका संस्थाहरूको साथ सहकार्य गर्नका लागि प्लेटफर्म पनि प्रदान गर्नेछ । साथै, हामी अर्थपूर्ण दीर्घकालिन परिवर्तनको लागि भविष्यमा योगदान पुर्याउन सक्छौं ।’

यूएनजीसीसँगको आबद्धतासँगै ब्रिटिस कलेजले विश्वमा दीर्घकालीन प्रभाव पार्ने सामूहिक प्रयासहरूमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ४ : ४० बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक