३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लियो जिल्ला परिषद ३२५ पीको डिस्ट्रिक्ट इन्स्टलेसन, मेगा लियो इन्स्टलेसन र प्रथम काउन्सिल मिटिङ सम्पन्न



बुटवल । लियो जिल्ला परिषद ३२५ पी नेपाल वर्ष २०२४/२५ को डिस्ट्रिक्ट इन्स्टलेसन, मेगा लियो इन्स्टलेसन र प्रथम काउन्सिल मिटिङ सम्पन्न भएको छ । लियो जिल्ला परिषद ३२५ पी नेपालको आयोजना र लियो क्लब अफ बुटवल स्टार्सको आतिथ्यतामा तिलोत्तमा स्थित होटल एसआरमा कार्यक्रम सम्पन्न भएको हो ।

लियो जिल्ला परिषद ३२५ पि नेपालकि अध्यक्ष श्रद्धा कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर एमजेफ पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रधानाङ्गले लियो वर्ष २०२४/२५ को टिमलाई पदस्थापन गराएका थिए भने लियो डिस्ट्रिक्ट डाइरेक्टरी विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा लायन्स डिस्ट्रिक्ट मल्टिपल काउन्सिल कोर्डिनेटर पीएमजेएफ अरुण प्रताप राणा, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी कुबेर कडायत, पीडीजी एमजेफ नवराज न्यौपाने पीडीजी एमजेफ महेन्द्र नारायण श्रेष्ठ, लियो डिस्ट्रिक्ट निवर्तमान अध्यक्ष सरोज महतो, लायन्स डिस्ट्रिक्टका सचिव कोषाध्यक्ष, लायन्स डिस्ट्रिक्टका पदाधिकारीहरु, लियो डिस्ट्रिक्ट उपाध्यक्ष प्रविन पौडेल, कोषाध्यक्ष प्रविन गौडेल लगायत लियो डिस्ट्रिक्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य बक्ताको रूपमा मिस नेपाल २००५ एवं व्यवसायिक प्रशिक्षक सुगारीका केसीको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्र निर्माणमा युवाहरूको भूमिका विषयमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुबेर कडायत र इन्भेस्ट योर सेल्फ अर्थात् आफूमा लगानी विषयमा सुगारिका केसीले महत्वपूर्ण भनाइहरु राखेका थिए ।

उक्त कार्यक्रममा समयमै शुल्क भुक्तानी गर्ने डिस्ट्रिक्टका पदाधिकारी एवं एवं क्लबका अध्यक्ष र कोषाध्यक्षहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारी सगै ६० वटा लियो क्लबहरुको पदस्थापन गरिएको थियो भने १० वटा नयाँ लियो क्लबहरुको सुभारम्भ पनि गरिएको थियो ।

कार्यक्रममा लियो डिस्ट्रिक्ट ३२५ पी अन्तर्गतका क्लबहरूबाट गरि ५०० भन्दा बढीको लियोहरूको सहभागिता रहेको थियो । लियो जिल्ला परिषद ३२५ पी नेपालकी अध्यक्ष श्रद्धा कुँवरको स्वागत र जिल्ला परिषद ३२५ पी का सचीव सुमन पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : ०२ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै