६ पुस २०८२, आइतबार | December 21, 2025

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड



काठमाडौं । नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दैै आर्थिक सहकार्य र साझेदारीमा जोड दिएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरेका थिए । भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उनले द्विपक्षीय साझेदारीमा जोड दिएका हुन । दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका थिए ।

प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक०लगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

त्यस अवसरमा राजदूत भण्डारीले सरकार प्रमुखको रुपमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको पत्र हस्तान्तरण गरेका थिए । नेपाल सरकारले बङ्गादेशप्रति दर्शाएको समर्थन र ऐक्यबद्धताको सरकार प्रमुख युनुसले प्रशंसा गर्दै दुई देशबीच राजनीतिक र जनस्तरमा सौहार्दपूर्ण सम्बन्ध रहेकोमा सन्तोष व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बङ्गलादेश सरकारले हालैको आन्दोलनका क्रममा नेपाली नागरिक तथा विशेष गरी नेपाली विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै राजदूत भण्डारीले आगामी दिनमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ८ : ०८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको