४ श्रावण २०८३, सोमबार | July 21, 2026

कलाकार हरिवंश आचार्यले मन्त्री दाहाललाई भेटेर भने : ‘अस्थिर राजनीतिका कारण नागरिक निराश’



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच आज छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा उहाँहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो ।

भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने उनको भनाइ थियो ।

छलफलका क्रममा वरिष्ठ कलाकार आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक निर्माणका लागि आवश्यक बजेटको व्यस्था गरिदिन मन्त्री दाहाललाई आग्रह गरे ।

मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्ने कुरालाई आफूले प्राथमिकता दिएको बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ५८ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा