२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एमाले पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) नाम गरेको पार्टीलाई दर्ता गरेको छ ।

एमाले पार्टीका तर्फबाट आयोगमा बुझाइएको कागजपत्र प्रमाणिकरण गरेपछि बुधबार पार्टी दर्तालाई वैधानिकता दिने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तिब्र अन्तरविरोध भैरहेको समयमा विराटनगरका सन्ध्या तिवारीको अध्यक्षता रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।

सो निवेदन परेको थाहा भएसँगै नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर आपत्ति प्रकट गर्दै यसमा अर्का अध्यक्ष केपी शर्मा ओलीेका हात रहेको जिकिर गरेका थिए ।

आयोगमा प्राप्त हस्ताक्षरहरु प्रमाणित गर्दा सही देखिएपछि दल दर्तालाई वैधानिकता दिने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

आयोगमा एमाले दल दर्ताको निवेदनसँगै नेकपा भित्रको विवाद झन बढेको थियो ।

नेकपाभित्र प्रचण्ड–नेपाल समुहका नेताहरुले ओलीले पार्टी फुट्ने अवस्थामा एमालेलाई ब्यूँताउन डमी व्यक्ति खडा गरेर दल दर्ता गराएको आरोप लगाएका थिए ।

विवाद बढ्दै गएपछि ओली समुहले हाल मदन भण्डारी फाउन्डेशनका नाममा समानान्तर पार्टी गतिविधि संचालन गर्दै आएको छ । प्रचण्ड नेपाल समुहले पनि पार्टीभित्र आफ्नो समुहलाई बलियो बनाउन तल्लो तहसम्म छलफललाई अगाडि बढाइरहेका छन् ।

यद्यपी, पार्टीभित्र देखापरेको समस्या समाधानका लागि दुई अध्यक्षबीच युद्धबिरामसहित कार्यदल बनाउने सहमति भएपछि भने हाल नेकपा विवाद केही मत्थर देखिएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले आफ्नो काम सुरु गरिसकेको छ ।

कार्यदलको कामकै बीचमा निर्वाचन आयोगको दल दर्ता निर्णयले पुन शंका उत्पन्न गराउन सक्ने देखिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ४ : ०३ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात