१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव



बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।

धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।

अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन् ।

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताइन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : १८ बजे

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका