२१ बैशाख २०८३, सोमबार | May 4, 2026

आवश्यक सुधारपछि पुनः सञ्चालनमा आयो बुटवलको हैदराबादी बिरयानी



बुटवल । अखाद्य वस्तु फेला परेपछि बुटवल उपमहानगरपालिकाको अनुगमनपछि बन्द भएको बुटवलको हैदराबादी बिरयानी पसलले पुनः सञ्चालनको अनुमति पाएको छ । बुटवलको नेपालगन्जरोडमा रहेको हैदरावादी विरयानी सेन्टरमा गत भदौ २० गते अनुगमन गर्दा फोहोरो र सढेको मासु भेटिएपछि बुटवल उपमहानगरले सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना समेत गरेको थियो ।

उपमहानगरले सञ्चालकलाई कारबाहीसँगै आवश्यक सुधार गरी आगामी दिनमा गल्ती नदोर्याउनेसर्तसहित पुनः सञ्चालनको अनुमति दिएको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । उपमहानगरको अनुगमन टोलीले शुक्रबार पुनः अनुगमन गर्दा सुधार भएको भन्दै सञ्चालन गर्न भनेको हो ।

‘हामीले कुनै व्यवसायीलाई हतोत्साही बनाउनु हुंदैन भन्नेमा स्पष्ट छौं’-अर्यालले भनिन्- ‘व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय चलाउनुपर्छ ।’ उनले उपमहानगरपालिकाले अनुगमनलाई निरन्तरता दिइरहने समेत बताइन् ।

अनुगमनपछि उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले हैदराबादी बिरयानी सेन्टरको भान्सामा धेरै राम्रो सुधार भएकोले बताए । बिरयानी सेन्टरका सञ्चालक जनक खड्काले बुटवल उपमहानगरपालिकाले दिएको निर्देशन अनुसार भान्सामा सुधार गरेर पुनः सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ५८ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,