२३ चैत्र २०८२, सोमबार | April 6, 2026

हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने



काठमाडौं । हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् ।

चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन् । अब निरन्तर चलचित्र निर्माणमा लाग्ने उनको योजना रहेको छ । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

नबिन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रहरुलाई देखाईएको छ । स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरुले तानातान गर्दै गरेको देखाईएको छ। चलचित्रको फर्स्टलुक संगै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ । चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् ।

‘फिरफिरे फिरिरी’ चलचित्रको नाम पहेलो रंगले हाईलाइट गरिेको छ जस्मा स्लोगन आज साईकल.. भोली फरारी लेखिएको छ ।  यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा  जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।

चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : २९ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु