३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो



काठमाडौँ । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो ।
इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग आज प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनीयरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए । “यो प्रक्रिया अघि बढाउन ढिला भएको छ”, उनले  भने, “तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिइ पूरा गर्नुपर्छ ।”
कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इञ्जिनीयरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताए ।
त्रिभुवन विश्व विद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राडा नरेन्द्रमान शाक्यले नेपालमा इञ्जिनीयरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका िथए । उक्त एकडमा आवद्ध राष्ट्रहरुका इञ्जिनीयरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने सो अवसरमा जानकारी दिइयो ।
काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए। यो प्रक्रिया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरिङ क्षेत्रलाई आशावादी बनाएको उनले उल्लेख गरे । यो प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको अध्यक्ष शाहीको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ०३ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने