१२ माघ २०८२, सोमबार | January 26, 2026

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् ।

विश्व पर्यटन दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गर्दै नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि भन्ने लागेको बताए ।

उनले बैदिक कालमा वेदका ऋचाहरुमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतीमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गर्दै त्यही बेलामा जलवायुको परिवर्तनले असर पृथ्वीले भोग्नु पर्ने छ र हामीले आकाश, जल, वायु सबैमा शान्ति खोज्नु पर्ने कुराको अनुमान गरेको उल्लेख गरे ।

भागवान बुद्धले पञ्चशीलको अवधारणा मार्फत शान्तिको सन्देश विश्वलाई दिएको र केहीसमय अघि नेपालमा शान्ति प्रक्रियाको अनुगमन गर्न आएको राष्ट्र संघले पनि नेपालीहरु आफै शान्ति कायम गर्न सक्षम छन् भन्नेर धन्यवाद दिँदै फर्किएको उल्लेख गर्दै उनले भने, “वैदिक कालदेखि आधुनिक कालसम्म हामी शन्तिको पक्षमा रहेको र यो वर्षको नारा हामीलाई नै हेरेर बनाएको हो कि भन्ने लागेको छ ।”

उनले बैदिक कालमा वेदका ऋचाहरुले भने जस्तै शान्तिको परिचायक सम्बृद्धि हुन सक्ने विकास हुन सक्ने र हामीले भौतिक शान्तिसँगै मानसिक शान्ति आवश्यक रहेकाले पर्यटनलाई हाम्रो सम्बृद्धिसँग जोडन सकिने र नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्ने बताए ।

विभिन्न समयमा नेपालीहरू आफै आफ्नो शान्ति कायम गर्न सक्षम भएको दावी गर्दै मन्त्री पाण्डेले भने, ‘हामीले हाम्रो देशलाई शान्तिको गन्तव्य बनाउन सक्नुपर्छ ।’

फरक प्रसंगमा मन्त्री पाण्डेले भने, अहिले हामीलाई चाहिएको समृद्धि हो, त्यसका लागि रणनीतिक रूपमा पर्यटनलाई प्रयोग गर्न सक्नुपर्छ । हाम्रो विविधता पूर्ण संस्कृति र प्रकृतिलाई संसारभर पुर्याउनु जरुरी छ । नेपालको पर्यटनको विकास गर्न नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वमा पुर्याउन जरुरी रहेको उनको भनाई थियो ।

आफुले लिएको जिम्मेवारी सवैले पुरा गर्नु पर्ने बताउँदै यदि काम गर्न नसक्ने हो भने जिम्मेवार निकायमा रहेको जो सुकैले राजीनामा दिनु पर्ने उनको भनाई थियो । पछिल्लो समय लगानीकर्तालाई माफियाको संज्ञा दिने गरको बताउँदै यसलाई सवैले चिर्नु पर्न उनको तर्क थियो । ।

यदि नीजि क्षेत्र अघि नलाग्ने हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही गर्न नसक्ने बताउँदै उनले भने, लगानी गर्नेहरू माफिया होईनन् समृद्धिका वहाक हुन्न।

उनले नेपालको आकाश सुरक्षित छैन भन्ने भाष्यलाई चिर्नु पर्ने र नेपाली ध्वजावहाकलाई चुस्त बनाउनु पर्ने उल्लेख गर्दै पर्याप्त विमान विना वायुसेवा निगमले प्रभावकारी सेवा दिन नसक्ने बताए ।
पर्यटन क्षेत्रको विकासका लागि उड्डयन क्षेत्रले महत्वपूर्ण योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ४३ बजे

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

उत्तेजनाको राजनीतिमा मैले विश्वास गर्दिन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्धलाई अझ

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल