१२ आश्विन २०८३, सोमबार | September 28, 2026

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको नागरिक उड्डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलपलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यस क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे । ।

पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे। “दुई निकायलाई अलग–अलग भूमिका निर्वाह गर्नेगरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो । यसबाट दक्षता विज्ञता आ–आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ”, उनले भने ।

मन्त्री पाण्डेले नेपालका अन्तरराष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई चलायमान बनाउन तथा नेपाली आकाशलाई गतिशीलरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र उपयुक्त प्रयोजनका लागि नीति र कानुन बनाउनुपर्ने भएकाले प्रभावकारी र कार्यान्वयनमुखी संरचनाका लागि विधेयक अगाडि बढाइएको उल्लेख गरे । उनले प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवासुविधा नघट्ने गरी विधेकयमा प्रबन्ध गरिने स्पष्ट पारे ।

“हिजोदेखि नै संशोधनको कार्य प्रारम्भ भएको र आजदेखि ७२ घण्टे अवधिमा थुप्रै संशोधनका प्रस्ताव आउनेछन्”, मन्त्री पाण्डेले भने, “मन्त्रालय वा सरकार कुनै किसिमको जडता नपालीकनै संशोधनहरूमाथि सार्थक संवाद गर्न तयार छ । विधेयकलाई समृद्ध बनाउने दिशामा दृढ सङ्कल्पका साथ अगाडि बढौँ ।” उनले विधेयकमा सकारात्मक उपलब्धि प्राप्ति गर्ने दिशामा सबै सरोकारवालासँग पनि छलफल गरिने विश्वास व्यक्त गरे।

मन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले दृढताका साथ काम गर्ने विश्वास व्यक्त गरे । उनले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे निष्पक्षताका साथ छानबिन भइरहेको र प्रारम्भिक प्रतिवेदन आइसकेको जानकाररी दिँदै अन्तिम प्रतिवेदन आएपछि प्रतिवेदनले औँल्याएका विषयलाई कुनै कसुर बाँकी नगरीकन जो कोहीलाई दण्डित गर्न दृढताका साथ लाग्ने विश्वास व्यक्त गरे। प्रतिनिधिसभाको अर्को बैठक वैशाख १६ गते मङ्लबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ४ : ३२ बजे

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि

अविरल वर्षाको विपदबाट विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई