६ श्रावण २०८३, बुधबार | July 22, 2026

टुना टेक्नोलोजीले जित्यो ‘नास आइटी अवार्ड-२०२४’



बुटवल । बुटवलमा स्थापित आईटी कम्पनी टुना टेक्नोलोजीले यस वर्षको नास आइटी अवार्ड २०२४ जित्न सफल भएको छ ।

देशभरबाट विभिन्न विधामा गरिएको प्रतिस्पर्धामा टुना टेक्नोलोजी विजेता बन्न सफल भएको हो । नास आइटी अवार्डको निर्णायक मण्डलमा नेपाल लगायत विदेशी विज्ञहरू पनि रहेका थिए ।

यो अवार्ड जितेसँगै अब टुना टेक्नोलोजी एशिया प्यासिफिक आइसीटी अलायन्स (Asia Pacific ICT Alliance –APICTA) अवार्डमा सहभागी हुन पाउने भएको छ । सो अवार्डका लागि यस क्षेत्रका १७ वटा देशले प्रतिस्पर्धा गर्नेछन् । उक्त कार्यक्रम डिसेम्बरमा ब्रुनाईमा हुनेछ ।

टुनाले केही महिना अघिमात्र भारतको ठुलो आइ टी कम्पनी (Frappe Technology –ERPNext)सँग नेपालको लागि एक मात्र आधिकारिक साझेदारी सम्झौता भइ काम सुरु गरिसकेको छ । यही अक्टुबर ३ र ४ गते बम्बईमा हुने कम्पनीको विश्व सम्मेलनमा पनि टुना टेक्नोलोजीबाट प्रमुख कार्यकारी अधिकृत लगायतको टिम सहभागी हुने कम्पनीले जनाएको छ ।

कम्पनीमा अन्तराष्ट्रिय अनुभव प्राप्त सिटीओ लगायतको टेक्निकल टिमले उत्पादन क्षेत्रलाई लक्षित गरेर Complete ERP, होटल म्यानेजमेन्ट सोलुसन, रेष्टुरेन्ट म्यानेजमेन्ट, कृषि एप, लगाएतका उत्पादन तथा प्रविधि सोलुसनको क्षेत्रमा काम गर्दै आएको छ ।

कम्पनीले गत वर्ष मात्र नेपालकै प्रतिस्ठित र प्रविधि तर्फको ठूलो तथा महत्त्वपूर्ण आइसिटी अवार्ड Start Up Provincial Award – 2023 प्राप्त गर्न सफल भएको थियो ।

टुना टेक्नोलोजी २०७८ सालमा बुटवलमा यहाँका युवा व्यवसायीहरु मिलेर खोलेको एक मात्र व्यवस्थित आइटी कम्पनी हो । छोटो समयमै उत्कृष्ट काम गर्दै आएको कम्पनीले भर्खरै मात्र काठमाडौँमा पनि आपनो सेवा विस्तार गरेको छ भने अन्तर्राष्ट्रिय रूपमा अस्ट्रेलियाबाट पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

बुटवलका सफल व्यवसायी गणेशचन्द्र पोखरेल अध्यक्ष रहेको यो कम्पनीको नेतृत्व लामो समय बैकिङ क्षेत्रमा अनुभव प्राप्त गरेका राजिव गौतमले गरेका छन् । गौतम टुनाका प्रमुख कार्यकारी अधिकृत हुन् । कम्पनीमा हाल करीब ४० जनाले रोजगारी पाएका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ५२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको